पोखरा, १९ चैत ।
पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं संस्करणको बिटी कप पाँचौ
बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा आज (शनिबार) ९ खेल सम्पन्न
भएका छन् ।
बुद्धटोल युवा क्बलको आयोजनामा जारी प्रतियोगितामा आज भएको पहिलो खेलमा
हेम्जा युवा क्लबलाई हेम्जा युनाईटेडले ४–१ गोल अन्तरले पराजिगत गर्याे
। युनाईटेडको जितमा मनिस थापाले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरे भने
सुमन सुनारले एक गोलको योगदान दिए ।
बिटी क्लबका अध्यक्ष विजया गुरुबका अनुसार आयोजक सेतो र हिमालयन मेलवर्न बिच
भएको दोस्रो खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि टाईबेकरमा
२–१ गोल अन्तरले आयोजक सेतो विजयी बन्यो ।
त्यसैगरी तेस्रो खेलमा ताब्बे एफसीलाई पाटन एफसीले २–१ गोल अन्तरले
पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे पाटको जितमा दिपु गुरुब र सफल
आचार्यले समान १ गोलको योगदान दिए भने ताब्बे एफसीको तर्फबाट दुर्गा
थापाले सान्त्वना एक गोल फर्काए ।
चौथो खेलमा सराब्कोट सेवा समितिलाई सिम्पानी एफसीले ४–० को फराकिलो
गोल अन्तरले सहज जित निकाल्यो ।
सिम्पानीको जितमा सगुन शर्माले ( प्रतियोगिताको दोस्रो ह्याट्रिक) ४ गोल गरे ।
पाँचौ खेलमा कमल पोखरी एफसीलाई मसिना एफसीले ३–० गोल अन्तरले
सहजै पराजित गर्याे । मसिनाको जितमा दिपेश श्रेष्ठ, सिद्धान्त गुरुब र प्रताप गुरुबले
समान १÷१ गोल गरे ।
छैटौं खेलमा राम एफसीको अनुपस्थितिमा तारा एफसी वाक ओभर मार्फत
विजयी बन्यो । सातौ खेलमा लाँलीगुँरास क्लब धम्पुसले सार्दीखोला
एफसीलाई २–१ गोल अन्तरले हरायो । धम्पुसको जितमा नितस गुरुब र दिपेश
क्षेत्रीले समान १÷१ गोल गरे भने सार्दीखोलाको तर्फबाट विरेन्द्र भुजेलले
सान्त्वना एक गोल फर्काए ।
आठौं खेलमा हाम्रो एफसीले याम्दी एफसीलाई ४–१ गोल अन्तरले सहज
जित निकाल्यो । हाम्रो एफसीको जितमा तुनतुन गुरुबले प्रतियोगिताकै तेस्रो
ह्याट्रिक गरे भने सहिल गुरुबले एक गोलको योगदान दिए । याम्दीको लागि शिव
पुनले सान्त्वना एक गोल फर्काए ।
आज सम्पन्न अन्तिम खेलमा आयोजक हरियोलाई रफ गाईजले १–० गोल
अन्तरले सँघर्षपूर्ण जित निकाल्यो । रफ गाईजको जितमा प्रिसन गुरुबले
निर्णायक गोल गरेका थिए ।
आईतबार समेत पहिलो चरणकै ९ खेल सञ्चालन हुनेछ ।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख
५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्नेछ ।
त्यसैगरी उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ रुपैयाँ
प्राप्त गर्नेछ । भने सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीलाई ट्रफि सहित
७ हजारद्वारा पुरस्कृत गरिनेछ ।
यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई
समान ५÷५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ भने अनुशासित टिमलाई ८
हजार र ट्रफि प्रदान गरिने छ आयोजकले जनाएको छ ।




