मादी. गठबन्धनबाट मादी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउने बताएका छन् । मादी गाउँपालिका ८ मा आयोजित चुनावी सभामा बोल्दै गुरुङले कृषकलाई बाँदरले निकै दुख दिएको बताउँदै चुनाव जितेपछि यस्तो अभियान चलाउने बताएका छन् ।
‘तपाईंहरुलाई बाँदरले खेती गर्न पनि दिएको छैन । खेती लगायो सबै सखाप पारिदिने, हामीले चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउँछौं,’ गुरुङले भने ।
चुनाव जितेपछि कृषि, पर्यटन र उद्यमशिलतालाई मादी निर्माणको आधार बनाउने बनाउने उनले सुनाए । कृषि, पर्यटन र उद्यमशिलतालाई जोड दिँदै कृषकलाई साँच्चिकै नजिकको सिंहदरबारको अनूभुति गराउने उनले बताए ।
मादी गाउँपालिका उपाध्यक्ष पदका उम्मेद्वार नेकपा माओवादी केन्द्रका लाल बहादुर गुरुङलले विकास विरोधी, कानुन, संविधान नमान्नेलाई वैशाख ३० गते नांगेझार पार्ने बताएका छन् । अधिनायकवादी शैली र भ्रष्ट मानसिकता लाई बैशाख ३० गते मादीबासीले सधैका पन्छाउने उनले बताए ।




