रामकुमारी झाक्रीको रिहाइको माग गर्दै बानेश्वर चोकमा भएको आन्दोलनमा प्रहरी र आन्दोलनकारी बीच झडप भएको थियो । झडपको क्रममा प्रहरीद्वारा लाठि चार्ज गर्दा अनेरास्ववियूका नेता क्षितिज सापकोटा लगाएत दर्जनौ नेताहरु घाईते भएका हुन्।
पोखरामा आफ्नो छुट्टै पहिचान बनाउदै राजनीतिक क्षेत्रमा सक्रिय रहेका नेता सापकोटाको यति बेला अस्पतालमा उपचार भैरहेको श्रोतले जानकारी गराएको छ।
यो पनि पढ्नुहोस………………..
रिहा भएपछि झाँकीको प्रतिक्रियास् प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ।
काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छन् ।
बिहीबार दिउँसो निवासबाटै पक्राउ परेकी उनले साँझ श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् ।
हिरासत मुक्त भएसँगै झाँक्रीले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुनेउद्घोष गरिन् ।
‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो।प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ, बनाइन्छ’, रिहा भएपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन् ।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। तर चौतर्फी विरोध र अविलम्ब रिहाइको माग भएसँगै प्रहरीले उनलाई रिहा गरेको थियो।
यो पनि पढ्नुहोस ……………….
पक्राउ परेकाे साढे ५ घण्टापछि रिहा भइन् रामकुमारी झाँक्री
नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ छोडिएएको हाे।
उनी बिहीबार दिउँसो १ बजे घरैबाट पक्राउ परेकी थिइन् । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो ।प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँक्रीलाई पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भइरहेको छ




