रुखबाट खसेर मंगलबार नवलपरासीका पत्रकार राजु पोखरेलको मृत्यु भएको छ ।
पाँच दिन अघि मात्र कार्य क्षेत्र नवलपरासीबाट गुल्मीको धुर्कोट गाउँपालिका वडा नं। ४ जैशीथोक रौताडीस्थित घर गएका पत्रकार पोखरेलको रुखबाट खसेर मंगलबार मृत्यु भएको हो।
घर नजिकैको रुखबाट लडेर गम्भीर घाइते भएका पोखरेलको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस काट्ने क्रममा रूखबाट खसेर गम्भीर घाइते बनेका पत्रकार पोखरेललाई तत्काल उपचारका लागि गुल्मी जिल्ला अस्पताल लगिएकोमा त्यही उपचार हुँदाहुँदै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दौतरी एफएमका स्टेशन म्यानेजरसमेत रहेका उनी प्रेस सेन्टर नेपाल नवलपरासी ९पश्चिम० का अध्यक्ष पनि हुन् ।




