पोखरा । पोखरामा भएको सवारी दुर्घटनामा २ जनाको मृ’त्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।। पोखराको बुलौदी र हेम्जा याम्दीमा भएका छुट्टाछुटै दुर्घ’टनामा परी २ जनाको मृ’त्यु भएको हो ।
लेकसाइडबाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग १३ प ३९२५ नम्बरको मोटरसाइकल बुलौदीमा दुर्घ’टना हुदाँ स्याङ्जा फेदिखोला गाउँपालिका १ मट्टिखानका १९ वर्षीय विवेक क्षेत्रीको मृ’त्यु भएको हो। बुलौदीमा आज राति १ बजे भएको दुर्घ’टनामा मटिट्टाखानकै २५ वर्षीयय दिवश गुरुङ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
त्यसै गरी पोखरा २५ याम्दीमा भएको सवारी दुर्घ’टनामा गम्भिर घाइते भएका स्याङ्जा पुतलीबजार नगरपालिका ९ लामागे घर भई पोखरा ९ नागढुङ्गा बस्ने ४० वर्षका श्रीकृष्ण भण्डारीको मृ’त्यु भएको हो। भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको उनले जानकारी दिए । बाग्लुङबाट पोखरा आउँदै गरेको ध १ ज ९८८ नम्बरको ट्याक्सीले हेम्जा याम्दीमा ग १७ प ९१६२ नम्बरको भण्डारी सवार स्कुटरलाई ठक्कर दिएको थियो ।
दुबै घटनाका वारेमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।




