भारतीय हास्यकलाकार कपिल शर्मा सोमबार विमानस्थलमा देखिए । यतिबेला उनी ह्विलचेयरमा देखिए । कपिललाई यसबारे सोध्दा उनी फोटोग्राफरमाथि भड्किएका थिए । कपिल ह्विलचेयरमा किन थिए
? यसबारे चर्चा तीब्र छ । अब यसबारे कपिल आफैंले जानकारी दिएका छन् ।
स्पटबोयसँगको कुराकानीमा कपिलले भने, ‘म ठिक छु । जिममा थोरै ब्याक इन्जरी भएको थियो । केही दिनमा यो निको हुनेछ । तपाईंहरुको चासोको लागि धन्यवाद ।’
स्मरण रहोस्, कपिल विमानस्थलमा ह्विलचेयरमा देखिएका थिए । जब फोटोग्राफरले कपिललाई ‘तपाईंलाई कस्तो छ ?’ भनेर सोधे तब उनले रिसाउँदै भनेका थिए, ‘ओए, तिमीहरु सबैजना पछाडि हट ।’ त्यसपछि फोटोग्राफर भन्छन्, ‘ओके सर, धन्यवाद सर ।’ यसमाथि कपिल आफ्नो रिस देखाउँदै भन्छन्, ‘उल्लूहरु…’ उनको यो कुरा सुनेर फोटोग्राफर भन्छन्, ‘सर रेकर्ड भइसकेको छ ।’
यसमा कपिल शर्मा भन्छन्, ‘हो, गर रेकर्ड तिमीहरु दुर्व्यवहार गर्छौ । ’ अन्त्यमा फोटोग्राफर भन्छन्, ‘सर तपाईंले आग्रह गर्नुभएको भए हामी हटिहाल्थ्यौं । ’
सोसल मिडियामा कपिलको यो भिडियो निकै भाइरल भएको छ ।




