• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कोरोनापछि नेपथ्यको ‘यो जिन्दगानी’

  •  संवाददाता
  • बिहीबार , फागुन २०, २०७७ मा प्रकाशित
    Advertisement

    कोभिड १९ महामारीको एक वर्षभन्दा लामो बन्धन गुजारेपछि मानव समुदायले बिस्तारै उन्मुक्तितर्फ पाइला चाल्न थालेको छ। गएको साताबाटै हाम्रा घर आँगनमा पनि वसन्त ऋतुको आगमनसँगै मौसम परिवर्तनका संकेतहरु देखिन सुरु भइसकेका छन्।

    अनि यतिबेलै नेपथ्यले आफ्ना दर्शकहरुसँग आमने–सामने साक्षात्कार गरेको पनि ठीक एक वर्ष लागेको छ।

    भूकम्पको कारण क्षतिग्रस्त बन्न पुगेको दोलखाको एक सरकारी विद्यालय निर्माणार्थ गत वर्षको फागुन १७ गते नेपथ्यले आफुलाई प्रस्तुत गरेको थियो। भृकुटी मण्डपमा आयोजित त्यो कन्सर्ट नै कोरोना महामारी अगाडि ब्याण्डको अन्तिम प्रस्तुती बन्न पुग्यो।

    यो एक वर्ष श्रृष्टीले भाइरस र मानवजाती बीच कठोर लडाइको कथा रच्यो। हामी सबैका जीवन अन्यौल र अनिश्चितताबीच गुज्रिए। नेपथ्यका अगुवा एवं गायक अमृत गुरुङले यो सिंगो वर्ष कास्कीस्थित आफ्नो पुख्र्यौली गोठमा साधारण कृषक भएर बाँच्दै प्रकृतिको खेललाई नियाले।

    अब समय फेरि बदलिने संकेत सुरु भएको छ।

    बदलिँदो समयसँगै फरक नेपाली पुस्ताहरुका बीच उत्तिकै लोकप्रिय रहँदै आएको ब्याण्ड नेपथ्यले अब फेरि साँगीतिक माहोललाई निरन्तरता दिने अठोट लिएको छ। यसको सुरुवात गर्दै नेपथ्यले आफ्नो एउटा सर्वकालीक हिट गीतको ‘लाइभ भिडियो’ तमाम श्रोता दर्शकसामु प्रस्तुत गर्दैछ। सबैले सँधै सुन्दै आएको र प्रत्येकजसो कन्सर्टमा गुञ्जिने गरेको त्यो गीत हो –

    ‘जीवन हो घाम छाया, सुख दुःख दुवै हुन्छ’

    परिस्थितीसँग लडेर बाँच्नु नै मानव जीवनको यथार्थ हो। यो यात्रामा आउने राम्रा र नराम्रा दुवै क्षणलाई स्वाभाविक मानेर स्वागत गर्ने अनि एकअर्काप्रति समभाव जगाउने भावना यस गीतले बोकेको छ। यो गीत नेपथ्यले दुइ दसकअघि उसको प्रसिद्ध अल्बम ‘रेशम’मा समेटेको थियो।

    पोखराका संगीतकर्मी श्यामसुङ तामाङले यस गीतलाई तयार पारेका हुन्।

    ‘गीतको रेकर्ड गर्नु अगावै पनि हामी साथीभाइको जमघटमा यसलाई गाउने गथ्र्यौं,’ गायक अमृत गुरुङ सम्झन्छन्, ‘असाध्यै मनपरेको र प्रभाव पार्दैआएको गीत भएकाले यसलाई नेपथ्यका निम्ति रेकर्ड गर्ने सोच बनायौं।’

    तर, त्यतिबेला गीतका रचयिता श्यामसुङले अनुमति दिएनन्।

    ‘आफ्नो ब्याण्डको गीत भएको हुनाले नगरौं दाइ भनेका थिए,’ गुरुङ सम्झन्छन्, ‘त्यसपछि तामाङको समूहले यो गीत रेकर्ड गरेर सार्वजनिक पनि गर्यो।

    यति राम्रो सिर्जनालाई त्यत्तिकै मर्न दिइनु हुँदैन भनेर मैले फेरि दोश्रोपटक उनलाई अनुरोध गरेँ।’

    यस्तो अवस्थामा दोश्रोपटक भने उनीबाट पाएको अनुमति अनुसारै गीतको रेकर्डिङ गरिएको अमृत सम्झन्छन्।

    ‘अनुमति पाएसँगै गीतलाई नेपथ्यका टोली बसेर सुन्यौं,’ गुरुङले सम्झे, ‘त्यसपछि तत्कालीन गितारवादक नरेशले नेपथ्य पारामै नवीनता थपेर यसको एरेन्जमेन्ट अघि बढाएका थिए।’

    यसरी तयार भएको गीत पहिलेभन्दा सरल हुँदाहुँदै अझ बढी मार्मिक बन्नपुग्यो।

    ‘यसका शब्द पनि पहिलेभन्दा बेग्लै ढंगले सुस्तरी बग्न थालेको थियो,’ गुरुङ भन्छन्, ‘त्यसैगरि भित्रैसम्म प्रभाव छाड्दै अघि बढेको महशुस भयो।’

    गीतमा ‘यो जिन्दगानी, यो जिन्दगानी’ असाध्यै शक्तिशाली अन्तराका रुपमा विकास भयो। अहिले पनि कन्सर्टहरुमा नेपथ्यका दर्शकहरुले यस अन्तरालाई चर्को स्वरमा गाएर सघाइरहँदा बेग्लै माहोल तयार भइरहेको देख्न सकिन्छ।

    ‘कन्सर्टहरुमा प्रायः दर्शकले उत्पन्न गर्ने आवाजलाई पनि कसरी समेट्ने भन्ने प्रयास संगीतकर्मीहरुले गर्ने गर्छन्,’ गुरुङ भन्छन्, ‘गीतलाई नेपथ्यले तयार पार्दा अन्त्यतिर तालीको यस्तो सामन्जस्य मिलाइएको छ, जसलाई कन्सर्टको बेला दर्शक प्रतिक्रियाले जहिल्यै जीवित पारिदिन्छ।’

    यो गीत नयाँ पुस्ताका श्रोताहरुको निम्ति नयाँ गीत हुन सक्छ तर अमृतसँगै पाको हुँदै गएकाहरुको निम्ति भने एउटा लामो कालखण्डको सहयात्रा स्मरण गराउने माध्यम हो।

    यस गीतको अडियो भिजुअल यसअघि पनि तयार भएको थियो। झण्डै डेढ दसकअघि जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आयोजित नेपथ्यको कन्सर्टका बेला अपाङ्गता भएका दर्शकहरुको प्रतिक्रियालाई समेटेर यो गीतको भिडियो बनाइएको थियो।

    पछिल्लो पटक भने यस गीतलाई गत वर्ष भृकुटी मण्डपमा प्रस्तुत गर्दा त्यहाँ उपस्थित श्रोता दर्शकको प्रतिक्रियालाई नै समेटेर यो नयाँ ‘लाइभ भिडियो’ तयार पारिएको हो।

    बिहीबार , फागुन २०, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.