बलिउड अभिनेता शाहिद कपुर र मीरा राजपूत बी टाउनका निकै चर्चित जोडीमध्ये एक हुन् । शाहिद र मीराको ब्याकग्राउन्ड पूर्ण रुपमा भिन्न छ तर मागी विवाहमा पनि उनीहरु बीच जस्तो केमेस्ट्रि छ, त्यसलाई धेरैले प्रशंसा गर्छन् ।
शाहिद र मिराको घरको सबैभन्दा शानदार हिस्सा उनीहरुको घरको टेरेस हो । शाहिद र मिरा धेरैजसो आफ्नो घरको टेरेसमा बस्छन्, रमाइलो गर्छन् र तस्बिर सोसल मिडियामा पोस्ट गर्छन् ।
यसका साथै घर भित्रको कुरा गर्ने हो भने उनीहरुको घरलाई सुन्दर पर्दा र इन्टेरियरसहित सजाइएको छ ।




