युटुबमा पल र मलिकाको ‘टाढा भएपनि’ले नयाँ रेकर्ड राख्न सफल भएको छ । सवैभन्दा कम दिनमै १ करोड भ्यूज बटुल्ने गीतको रुपमा ‘टाढा भएपनि’ भएको छ । यो गीतको भिडियोमा नायक पल शाह र नायिका मलिका महत्तले अभिनय गरेका छन् । यो जोडीको अत्यन्तै मन पराइएको छ ।
यो गीतले २४ घन्टामा ९ लाख ७२ हजार भ्यूज कमाउँदै एक दिनमा सबैभन्दा धेरै पटक हेरिएको गीतको रेकर्ड पनि राखेको थियो ।टो समयमा नै नयाँ रेकर्ड राखेको भन्दै पल शाहले पनि खुशी व्यक्त गरेका छन् ।
यस अघि पल र मलिका अभिनित गीतको भिडियो ण ‘फुलबुट्टे सारी’ बोलको गीतले युटुबमा छोटो समयमा नै लोकप्रियता हासिल गरेको थियो । यो गीत सार्वजनिक भएको १८ दिनमा १ करोड भन्दा बढी दर्शकले हेरेका थिए ।




