सेवाग्रहीसंग ९५ हजार रुपैयाँ घुस लिएको भनिएकी धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पुजा कार्कीविरुद्ध अख्तियारले भ्रस्टाचार मुद्दा दर्ता गरेको छ ।
इन्जिनियर कार्कीविरुद्ध अख्तियारले विशेष अदालत काठमाण्डौमा भ्रस्टाचार मुद्दा दर्ता गरेको हो ।
ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पछि बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने भन्दै सेवाग्राहीसँग ९५ हजार रुपैयाँ घुस लिंदै गर्दा अख्तियारको टोलीले इन्जिनियर कार्कीलाई पक्राउ गरेको थियो।
आफु पक्राउ परेपछि इन्जिनियर कार्कीले लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको निर्देशनमा आफू र लेखा अधिकृत सापकोटाको लागि घुस रकम लिएको बताएकी थिइन्।




