कब्जियतले विभिन्न अन्य रोगहरु उत्पत्ति गराउँछ । कब्जियतले के कारणले हुन्छ भन्ने पत्ता लगाउन मुश्किल हुने भएकाले दैनिक खानपानमा विशेष ध्यान दिनुपर्छ ।
प्रशस्त पानी
कब्जियतबाट बच्नका लागि अत्यधिक पानी पिउनुस् । १ चम्चा मह हालेर हल्का मनतातो पानी पिउने गर्दा कब्जियत कम हुँदै जान्छ ।
फाइबरयुक्त खाना
पर्याप्त मात्रामा फाइबरयुक्त खानेकुरा खाने गर्दा कब्जियत कम हुँदै जान्छ । फाइबर भएको खाना कम खाँदा कब्जियत पैदा हुने गर्छ । मेवा, केरा, सुन्तला, नाशपति, जामुन, एभोगाडो जस्ता फलफुल खाँदा कब्जियत कम हुन्छ ।




